बालेन–रवि सहमतिले कांग्रेसलाई कुनै ठूलो असर गर्दैन: प्रवक्ता महत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रवि लामिछाने र बालेन शाहबीच भएको सहमतिले आफूहरुलाई कुनै ठूलो असर नपर्ने टिप्पणी गरेका छन् । उनले रवि र बालेन मिल्दैमा आत्तिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारे । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि मिडियाकर्मीहरुले सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

उनले रवि र बालेन दुवैमाथि यअसघि नै गम्भीर प्रश्न उठेको भन्दै कांग्रेसलाई उनीहरु मिल्दैमा कुनै असर नपर्ने जिकिर गरेका हुन् । उनले भने,‘पुराना दल त्यसमा पनि कांग्रेस नै विश्वसनीय पार्टी हो। यसको धेरै ठुलो जनधार देशैभरि फैलिएको छ। उहाँहरूको जुन क्रियाकलाप देखिएको छ, उहाँहरुविरुद्ध गम्भीर प्रश्न उठेका छन्। त्यसैले उहाँहरू मिल्दैमा कांग्रेस आत्तिएको छैन। मिल्ने उहाँलाई स्वतन्त्र अधिकार छ।’

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्