कांग्रेसको १५ औं महाधिवेशन पुसमा नहुनेमा गगन ढुक्क: औंल्याए विशेष महाधिवेशनको आवश्यकता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका १५औं महाधिवेशन निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरेका छन् । आज (शुक्रबार) पार्टी कार्यलय सानेपामा विशेष महाधिवेशन पक्षधरहरुको माग पत्र बुझेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अब पार्टीको विशेष महाधिवेशन अनिवार्य भएको बताए ।

‘विधानको धारा १७ (२) ले कांग्रेस पार्टीको ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले कुनै विशिष्ट कारण देखाएर विशेष महाधिवेशनको आवश्यक्ता बोध गरेमा विशेष महाधिवेशन डाकिनुपर्दछ। त्यो अनिवार्य छ, त्यो ऐच्छिक विषय होइन,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले भने ।

- Advertisement -
Ad image

‘पार्टीको विधानभन्दा माथि कोही पनि नरहेको बताउँदै उनले विधान नमान्ने अधिकार र सुविधा कसैलाई पनि नरहेको बताए । विशेष महाधिवेशनको विशिष्ट व्यवस्था विधानले नै गरेको उल्लेख गर्दै उनले विशेष महाधिवेशनमा जाने कुरालाई अब पार्टी केन्द्रीय कार्यसमितिले स्विकार गर्नुपर्ने भएको बताए । ‘पार्टीले नियमित महाधिवेशन गर्छ भने विशेष महाधिवेशनको आवश्यक्ता पर्दैन। अन्यथा विशेष महाधिवेशन अनिवार्य छ,’– उनले भने ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्