प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड छुट्टै छलफलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति कार्यालयमा भएको छलफललगत्तै प्रधानमन्त्री सुशीला कार्की बाहिरिएपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले पुनस् छलफल सुरु गरेका छन् ।

राष्ट्रपति पौडेलसँग कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका हुन् । छलफलमा वर्तमान राजनीतिक अवस्था र निकासकै बारेमा कुराकानी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

- Advertisement -
Ad image

प्रधानमन्त्रीसहितको छलफलमा फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने समझदारी पनि भएको छ । निर्वाचनको वातावरण बनाउन बालुवाटारमा विस्तृत छलफल गर्ने समझदारी भएको छ ।

छलफलमा राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको उल्लेख गर्दै फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्