रवि लामिछाने र बालेनबीच भेटवार्ता, के-के विषयमा भयो छलफल ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – गत शुक्रबार कारागारबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन् ।

बिहीवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले तारेखमा रिहा गर्न आदेश दिएपछि शुक्रवार रूपन्देही जिल्ला अदालतमा धरौटीको प्रक्रिया पूरा गरेर निस्किएका उनले आईतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए ।

- Advertisement -
Ad imageAd image

यस्तैमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र लामिछानेबीच भेटवार्ता गरेका छन् । उनीहरुबीच सोमबार साँझ काठमाडौंको कमलपोखरीमा रहेको रास्वपाका नेता असिम शाहको घरमा भेटवार्ता भएको हो।

सभापति लामिछाने,उपसभापति डोलप्रसाद अर्याल, बालेन र उनका सहयोगी कुमार बेनबीच भेटबार्ता भएको हो । उनीहरूबीच राजनीतिक विषय र भावि योजनाका विषयमा दुईबीच वान टु वान वार्ता भइरहेको स्रोतले बतायो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्