महाधिवेशन तालिका फेर्ने कांग्रेसको तयारी, मिति पनि फेरिन्छ ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – पुस २६ देखि २८ गतेसम्म काठमाडाै‌ गर्ने तयारी गरेकाे नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ।
सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापतिसहितका पदाधिकारीसँग शनिबार महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गरेका थिए।

सभापति देउवासँगको छलफलमा कार्यबाहक सभापति पुर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत सहभागी थिए।

- Advertisement -
Ad imageAd image

छलफलमा महाधिवेशनको कार्यतालिका हेरफेरका विषयमा छलफल भए पनि कार्यातालिका कसरी हेरफेर गर्ने भन्ने विषयमा भने कुनै टुंगो नलागेको सहभागी एक सदस्यले जानकारी दिए।

केहीदिन पछि कार्यसम्पादन समितिको बैठकले बोलाउने र त्यही बैठकमा कार्याताललिका हेरफेर हुने बताइएको छ। त्यस्तै विधान संशोधनका लागि विधान संशोधन समिति गठन गर्ने सहमति भएको छ।

त्यस्तै विभिन्न समयमा अनुशासनको कारबाहीमा परेकाको बाँकी अवधि मिनाहा गर्ने पनि सहमति भएको बताइएको छ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्