सप्तरीमा जनता पार्टीको कार्य समिति विस्तार, दिपेन्द्र यादवको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति विस्तार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – ‘धर्म निरपेक्षतालाई डाँडो कटाउ, हिन्दू राष्ट्र पुनः लेखाऔं’ भन्ने मुलमन्त्र सहित देशलाई हिन्दू राष्ट्र बनाउन संघर्षरत नेपाल जनता पार्टीको सप्तरी जिल्ला कार्यसमिति विस्तार गरिएको छ ।

- Advertisement -
Ad imageAd image

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ८ स्थित राधाकृष्ण मन्दिरको सभा हलमा शनिबार भएको जिल्ला भेलाले दिपेन्द्र प्रसाद यादवको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति विस्तार गरिएको छ ।

संविधान सभा सदस्य रन्जु कुमार झाको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला तदर्थ समिति गठनसँगै सप्तरीमा नेपाल जनता पार्टी सशक्त भएर अगाडि बढ्ने विश्वास गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्