सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्ज चुनदेवीबाट पक्राउ गरेको हो ।

अग्रवाललाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरेको सीआईबीले जनाएको छ । बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा सेयर बेचेको पाइएको सीआईबीले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

अग्रवालले ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानूनविपरीत नाफा आर्जन गरेको खुलेकव छ। अन्य टीएमएस प्रयोग गरी आपसी खरिद–विक्री तथा आफन्त तथा सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको पाइएको छ ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले त्यही ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको पाइएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको सीआईबीले शुक्रबार जानकारी दिएको छ। उनी यस्तै प्रकरणमा यसअघि पनि पक्राउ परिसकेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्