बैंक जमानत बुझाएर रिहा भए रवि: न्यायको लडाइँ बाँकी नै रहेको प्रतिक्रिया

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । लामिछाने कुल दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्।

उनी सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा थुनामा थिए । आज उनी भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा बैंक जमानत बुझाएर छुटेका हुन् ।

- Advertisement -
Ad imageAd image

जिल्ला अदालत रुपन्देहीमा आएर बिगोबापतको रकम बुझाएर रिहा भएलगत्तै उनले न्यायको लडाइँ आफ्नो लागि नभई देशको लागि भएको भन्दै अन्य दलहरूले आफूमाथि मात्र नभई सिंगो देशमाथि अन्याय गरेको बताउँदै त्यो सबैको हिसाबकिताब गरेर मात्रै धेरै बोल्ने बताएका टिप्पणी गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्