संसद् पुन:स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने अध्यक्ष ओलीको उद्घोष

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुन:स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने उद्घोष गरेका छन् । तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरेलगत्तै सम्बोधन गर्दै ओलीले सँगसँगै अदालतमा कानूनी लडाइँ साथमै लिएर जाने बताए ।

असंवैधानिक ढंगले देशमा आगजनी र लुटपाट मच्चाएर गरिएको संसद् विघटन र सरकार गठन स्वीकार नहुने उनले बताए । भदौ २४ गतेको घटनापछि देशमा पुराना पार्टीहरू सकिए भन्नेलाई एमालेले जवाफ दिएको र अझ दिने उनले बताए ।

- Advertisement -
Ad image

अध्यक्ष ओलीले एमाले अजम्बरी पार्टी भएको भन्दै अब सबैलाई एकताबद्ध बनाएर अझ बलका साथ अघि बढ्ने बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्