एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले) का ११औं महाधिवेशन जारी रहेको छ । नेतृत्व चयनका लागि हिजोदेखि सुरु भएको महाधिवेशनको आज निर्वाचन तालिका सार्वजनिक भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार आज नै बेलुका ७ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।

त्यस्तै, भोलि (मंसिर २९ गते) मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानविन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फारम वितरण, उम्मेदवारको दरखास्त फारम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोध उजुरी दिने, उजुरीउपर छानविन र निर्णय, उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका रहेको छ ।

- Advertisement -
Ad imageAd image

त्यस्तै, पुस १ गते विहान ११ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानपछिको मत गणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रमहरु तालिकामा समावेश गरिएको छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्