एमालेको नयाँ नेतृत्व चयन आजबाट: भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (आईतबार) देखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदै छ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँमा आज र भोलि सञ्चालन गरिने भएको हो।

अहिले बिहान ८ बजे बन्दसत्र सुरु गर्ने तयारी एमालेले गरेको छ। यसपटक अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा चुनौती दिँदै छन्। यद्यपि बन्दसत्र सुरु हुनै लाग्दा पनि दुवै पक्षले प्यानल घोषणा गरिसकेका छैनन्।

- Advertisement -
Ad image

अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका पोखरेललाई पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको समर्थन छ। यो प्यानल ईश्वर-विद्याका रूपमा घोषणा गरिने चर्चा यस अघिदेखि नै भइरहेको छ।

आजदेखि २ हजार २ सय ६२ जना महाधिवेशन प्रतिनिधि पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदै छन्। एमालेमा अहिले अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ। जसअनुसार अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन्।

सबै गरेर एमाले केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्