मुख्यमन्त्री सरोज यादवलाई कालो झण्डा: मदरसा विधेयक खारेजीको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०८२, बुधबार
1 Min Read
Aa

जनकपुरधाम – मधेस प्रदेश मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक खारेजीको माग गर्दै राष्ट्रिय एकता अभियानका नेता तथा कार्यकर्ताहरूले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

प्रदेश सभा प्रवेश गर्दै गरेका मुख्यमन्त्री यादवलाई अभियानका नेता कार्यकर्ताहरूले कालो झण्डा देखाउँदै नाराबाजी सहित घेराबन्दी गर्न खोज्दा केहिबेर तनावको अवस्था समेत सिर्जना भएको थियो ।

- Advertisement -
Ad image

प्रदर्शनकारीहरूले मदरसा विधेयक खारेज गर

मुस्लिम तुष्टीकरण राजनीतिक बन्द गर

राष्ट्रिय सुरक्षामा चुनौती चाँहीदैन

मजहवी शिक्षा खारेज गर, आतंकवादी शिक्षा बन्द गर

राष्ट्रिय एकता अभियान जिन्दावाद, जस्ता नाराहरू लगाउँदै मुख्यमन्त्रीको कदमको विरोध जनाएका थिए ।

मुख्यमन्त्रीविरुद्ध ‘सरोज यादव मुर्दावाद’को नारा समेत लगाइएको थियो । स्थिति नियन्त्रण बाहिर जान थालेपछि धनुषा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रित गर्दै प्रदेश सभा परिसरको सुरक्षा निकै कडा बनाएको थियो ।

राष्ट्रिय एकता अभियानका नेताहरूले मदरसा विधेयक प्रदेशको सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र शैक्षिक संरचनामाथि खतरा पैदा गर्ने भन्दै तत्काल खारेज गर्न सरकारलाई आग्रह गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्