अन्ततः चुनाव अघि नै कांग्रेस महाधिवेशन, पुस २६ देखि २९ गतेसम्म

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ .- नेपाली काँग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २९ गतेसम्म आयोजना हुने भएको छ । असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको पार्टीले सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार निकास निकाल्दै तयारी पूरा गरेको हो।

आईतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफल गरी सभापतिको आग्रहअनुसार कार्यतालिका प्रस्ताव तयार पारेका छन्।

- Advertisement -
Ad imageAd image

सोमबारको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले नै कार्यतालिकासम्बन्धी प्रस्ताव पेस गर्नेछन्। यसअघि महामन्त्री र सहमहामन्त्रीले अलग-अलग प्रस्ताव पेस गरेका कारण सहमतिको प्रस्ताव खड्काले पेस गर्न लागेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभई निर्णयार्थ पेस गर्न लागिएको हो। ‘जसरी संसदमा मन्त्रीले प्रस्ताव राख्छन् र अन्त्यमा सभामुखले निर्णयार्थ टेबुल गर्छन्, त्यसैगरी कार्यवाहक सभापतिले प्रस्ताव निर्णयार्थ पेस गर्न लाग्नुभएको हो। कसैको विमति आएमा मत विभाजन हुनेछ,’ स्रोतको दाबी छ।

कार्यवाहक सभापति खड्काले अझै आवश्यक नेताहरूसँग छलफल गरी प्रस्ताव सर्वसम्मत गर्ने समझदारी भएको पनि जानकारी दिइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्