कांग्रेसका विशेष महाधिवेशन पक्षधरलाई राष्ट्रपतिले भने ‘मिलेर अघि बढ्नुस्’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै आएका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज शीतलनिवासमा भेटवार्ता गरेका छन् । लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेता गुरुराज घिमिरेसहित दुई दर्जनभन्दा बढी नेताहरू भेटमा सहभागी थिए ।

भेटमा जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति, आगामी फागुन २१ गते हुने भनिएको स्थानीय तह निर्वाचन र कांग्रेसभित्रको आन्तरिक विवादबारे छलफल भएको हो । घिमिरेका अनुसार राष्ट्रपति पौडेलले वर्तमान सङ्कटको एकमात्र निकास निर्वाचन भएको बताए । उनले भने, ‘राष्ट्रपतिज्यूले सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूसँग निरन्तर छलफलमा रहेकाले अहिलेको अवस्थामा निर्वाचनबाहेक अन्य विकल्प नभएको स्पष्ट गर्नुभयो। नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेमा चुनावी वातावरण बनाउन ठूलो सहयोग पुग्ने उहाँको विश्वास छ।’

- Advertisement -
Ad imageAd image

संविधानलाई पुरानै लिकमा फर्काउन पनि निर्वाचन अपरिहार्य रहेको राष्ट्रपतिको भनाइ थियो । कांग्रेसभित्रको आन्तरिक कलहबारे भने राष्ट्रपति पौडेलले खुलेर बोल्न नचाहेको जनाइएको छ । उनले पार्टीको आन्तरिक मामिलामा आफूले टिप्पणी गर्न नमिल्ने भन्दै मिलेर अघि बढ्न सुझाव दिएका हुन् ।

घिमिरेले भने, ‘हामी सबै विशेष महाधिवेशन पक्षधर मात्रै थियौँ । ‘तपाईँहरू मिलेर जानुस्, फुट र विग्रहले कसैलाई फाइदा गर्दैन ।’ राष्ट्रपतिले कांग्रेसले पुराना तथा नयाँ सबै दलहरूसँग सहकार्य गरेर निर्वाचनको वातावरण बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्