एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित निकाल्दा कर्णाली ४५ रनले पराजित, विराटनगरले जनकपुरलाई ९ रनले हरायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०८२, सोमबार
2 Min Read
Aa

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ। सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीलाई ४५ रनले पराजित गर्दै सुदुरपश्चिमले लगातार तेस्रो जित हासिल गरेको हो।

सुदुरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर मात्र ९४ रन बनायो। कर्णालीका पवन शर्राफले २७ तथा मार्क वाटले १७ रन जोडे। सुदुरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलेले ४ विकेट लिए। यस्तै हरमित सिंह र अविनाश बोहोराले २/२ विकेट लिए।

- Advertisement -
Ad image

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा एक चौका र २ छक्कासहित ३९ रन जोडे। यस्तै आरिफ शेखले २७ रन बनाउँदा हरमित सिंहले १९ रन जोडे। कर्णालीका कप्तान सोमपाल कामीले तीन तथा नन्दन यादले २ विकेट लिए।

तीन खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ। कर्णालीले भने ३ खेल खेल्दा १ जितसहित तालिकाको छैठौँ स्थानमा झरेको छ।

आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रनको लक्ष्य दिएको थियो।

लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन मात्र जोड्न सफल भयो। विराटनगरको लगातार तेस्रो जीत हो । जनकपुर भने सोही खेलमा हार व्यहोर्दै शुन्य अंकका साथ सातौं स्थानमा यथावत छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्