नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – आज शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे सुरु हुने छ ।

असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति केन्द्रित रहेको छ । महाधिवेशनको मितिबारे पटकपटक गरिएको आन्तरिक छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

- Advertisement -
Ad imageAd image

गत बिहीबार कार्यसमिति बैठक बस्दै नवसी स्थगित भएको थियो ।आमनिर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन गर्ने कि पछि गर्ने भन्नेमै कांग्रेसमा पदाधिकारीहरु विभाजित छन् ।

संस्थापन पक्ष फागुनको चुनावपछि वैशाखमा र इतर पक्ष सके मंसिरमा, नभए चुनाव अघि विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ। नेताहरू गुटगत भेला गरेर आआफ्ना पक्षमा माहौल सिर्जना गरिरहेका छन्। कार्यकर्ताहरू एकले अर्कोलाई दोषारोपण गरिरहेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्