१५ औं महाधिवेशनको मितिसम्बन्धी कांग्रेस अझै अनिर्णित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औं महाधिवेशनको मितिमा बहस जारी छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुले आफ्नो राय राखेको कांग्रेस नेता मोहन बहादुर बस्नेतले जानकारी दिए।

बैठकमा जेनजी आन्दोलनपछिको परिस्थीति, निर्वाचनको विषयका साथै नियमित वा विशेष महाधिवेशन भन्ने विषयमा छलफल भएको उनले बताए।

- Advertisement -
Ad imageAd image

उनले कांग्रेस लोकतान्त्रिक दल भएकाले सबै विषयमा सदस्यहरुले खुलस्त रुपमा चासो राखेको भन्दै देशको प्राथमिकताका आधारमा पार्टीले एकमत भएर निर्णय गर्ने जानकारी दिए।

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्