विश्वकप क्रिकेट लिग: अन्तिम खेलमा आज नेपाल र यूएई भिड्दै, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले बुधबार यूएईसँग खेल्दैछ । खेल आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे शुरू हुनेछ । यूएईमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालको यो अन्तिम खेल हो । यूएई, नेपाल र अमेरिकाबीच श्रृंखला भएको हो ।

नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले र अमेरिकासँगकै अर्को खेलमा चार विकेटले पराजित भएको थियो भने यूएईसँगको खेलमा यसअघि पाँच विकेटले पराजित भएको थियो । नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

- Advertisement -
Ad image

अमेरिका २३ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा र १९ खेलमा ८ अंकसहित यूएई अंक तालिकाको पुछारमा छ । यो खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्