अमेरिकाविरुद्ध नेपालले पायो २६३ रनको लक्ष्य: जवाफी ब्याटिङ गर्दै नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब एमिरेन्ट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध २६३ रनको लक्ष्य पाएको छ।

यूएईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६२ रनको योगफल तयार पारेको हो। अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए। उनले १ सय बलमा ९ चौका सहयोगमा ७५ रन बनाउँदा रन आउट हुन पुगे।

- Advertisement -
Ad image

साइतेजा मुक्कमल्लाले ४२ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट हुन पुगे। मिलिन्ड कुमार .. रनमा अविजित रहे। आन्द्रेस घोषले ११, कप्तान मोनान्क पटेलले १० रन थपे।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट झारे। सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरिले समान एक विकेट आफ्नो नाममा गरे।
२६३ रनको लक्ष्य पछ्याएको नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्