काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ रोकिएको छ । विवादमा तानिएपछि उनीहरूको शपथ रोकिएको स्रोतले जनाएको छ ।
खगेन्द्र श्रममन्त्रीमा सिफारिस भएका थिए । गणपतिलाललाई भूमि सुधारमा सिफारिस गरिएको थियो ।
मन्त्रीका लागि सिफारिस भएका चार जनामध्ये २ जना मन्त्रीको सूचीबाटै आउट भएपछि २ जनाको मात्रै शपथ हुने भएको छ । सिफारिस भएका ४ जनामध्ये बब्लु गुप्ता र सुधा शर्मा गौतमको शपथ आज हुने भएको हो । युवा तथा खेलकुद मन्त्रालयमा गुप्ता र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शर्मालाई सिफारिस गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्