कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज शनिबार पनि बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । आजको बैठक बसेर छठपछि बस्ने गरी स्थगित हुने सम्भावना रहेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

शुक्रबार २१ केन्द्रीय सद्स्य र ४ प्रदेश सभापतिले धारणा राखेका थिए । बिहीबार ७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । हालसम्म बोल्ने अधिकांश नेताहरुले आगामी मंसिरमै नियमित महाधिवेशन गर्नु पर्नेमा जोड दिएका छन् । केन्द्रीय सदस्य धारणा राख्ने क्रमम जारी छ ।

- Advertisement -
Ad imageAd image

पहिलो बैठकमा शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहको जिम्मेवारी दिएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्