काठमाडौं – इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। जिल्लाको ६ वटा पालिकामा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुगेको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ।
प्रहरीका अनुसार सूर्याेदय नगरपालिका १ मा ५, इलाम नगरपालिका ६ मा ६ जना, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३ र माइजोकमाइ नगरपालिकामा ८ जनाको मृत्यु भएको हो।
प्रहरीले दिएको जानकारीअनुसार अझै केही व्यक्ति हराइरहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
पहिरोका कारण फसेकाहरुको हेलिकप्टरबाट उद्धार भैरहेको छ। माङ्सेबुङ्गमा पहिरोका कारण फसेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्। पहिरोका कारण मेची राजमार्ग ठाँउ ठाँउमा अवरुद्ध भएका कारण घाइतेको उपचारमा समस्या भएको छ।


प्रतिक्रिया दिनुहोस्