सप्तकोशी नदीमा जलवहाव उच्च तहमा: ५६ ढोका खोलिए, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ आश्विन २०८२, आईतवार
1 Min Read
Aa
Highest water flow was measured this year in the Saptakoshi River due to continuous rainfall, in Saptari, on Tuesday, September 13, 2016. Photo: THT

सुनसरी – गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ। जलवहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन्।

सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको वहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताए। उनका अनुसार नदीमा निरन्तर जलमापन भइरहेको छ।

- Advertisement -
Ad imageAd image

आज बिहान ८ः१५ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड तीन लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो।

उनले भने, ‘पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको संकेतस्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएका छन्।’ सप्तकोशी जलमापन कन्ट्रोल रुमले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको जानकारी दिएको छ।

बाढीले उदयपुर र सुनसरीका केही क्षेत्रमा जोखिम हुने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी मिश्रले आग्रह गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्