आज विजया दशमीको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ आश्विन २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – यस वर्षको विजया दशमीको दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउने उत्तम साइत आज बिहान ११:५३ बजे रहेको छ।

घटनास्थापनाको दिनदेखि पूजा आराधना गरिएकी नवदुर्गा अर्थात देवी बिसर्जन गरेपछि टीका शुरु हुन्छ। दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउन साइत कुर्नु नपर्ने भएकोलै आजदेखि कोजाग्रत पू्णिमासम्म नै लगाउन सकिने तर साइतमै लगाउन खोज्नेका लागि भने विहान ११:५३ बजेको साइत उत्तम रहेको पञ्चांग निर्णायक विकास समितिको भनाइ छ।

- Advertisement -
Ad image

यसैगरी आज बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ। घटस्थापनाको दिनमा दशैं घर वा पूजाकोठामा विधिपूर्वक नवदुर्गा स्थापना गरी जमरा राखेर महानवमीसम्म दुर्गा पूजा गरेर विजया दशमीको दिनमा देवीको प्रसाद स्वरुप मान्यजनको हातबाट त्यही जमरा र टीका थाप्ने र आशिर्वाद लिने प्रचलन छ।

देवी दुर्गा भवानीले राक्षसको बध गरेपछि असत्यमाथि सत्यको जीत भएको सम्झनामा दशैंमा रातो टीका र जमरा लगाउने परम्परा रहेको छ। यद्यपि केही समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टीका लगाउने चलन पनि छ। बडा दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्मै लगाउने गरिन्छ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्