नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल पुन: खुल्यो !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ – राजनीतिक दबाबका कारण अधुरै रोकिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पुनः अनुसन्धान सुरु गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को निरीक्षणका क्रममा राजनीतिक आग्रहमा बन्द गरिएका कतिपय अनुसन्धान पुनः गर्न निर्देशन दिएपछि प्रहरीले उक्त प्रकरणको पूरक अनुसन्धान सुरु गरेको स्रोतले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

पुनः सुरु भएको अनुसन्धानको दायरामा शेरबहादुर देउवाका सालो तथा डा. आरजु राणाका भाइ भूषण राणा पनि परेका छन् । प्रहरीका अनुसार उनीसँग यसअघि एकपटक मात्र बयान लिइएको थियो । तर, त्यसपछिका अनुसन्धानहरू उच्च राजनीतिक दबाबका कारण रोकिएको थियो।

उक्त प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ३० जनाविरुद्ध ठगी, किर्ते र संगठित अपराधअन्तर्गत मुद्दा दायर भइसकेको छ।

नयाँ अनुसन्धानसँगै यसअघि राजनीतिक प्रभावका कारण ओझेलमा परेका केही पात्रहरू फेरि अनुसन्धानको घेरामा पर्नसक्ने संकेत देखिएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाको अनुसन्धानका क्रममा उक्त कार्यमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, मन्त्री टोपबहादुर रायमाझी, गृह सचिव टेकनारायण पाण्डेसहितको संलग्नता भेटिएको थियो ।

केही दिनअघि सिआईबी प्रमुखको जिम्मेवारीमा पठाइएका एआईजी मनोजकुमार केसीले २०७९/२०८० सालमा उक्त घटनाको अनुसन्धान गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्