वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल र वेस्ट इन्डिजको दोस्रो भिडन्त आज, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – वेस्ट इन्डिजसँगको ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपाल आज सोमबार दोस्रो खेल खेल्दै छ। यूएईको साहजाहस्थित सारजाह क्रिकेट रगंशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ।

पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध १९ रनको कीर्तिमानी जित निकालेको नेपाली टोली लगातार दोस्रो जित हात पार्न चाहन्छ। युनिटी कप नाममा भइरहेको सिरिजमा नेपाली टोली लगातार दोस्रो जित निकाल्दै इतिहास कायम गर्न चाहन्छ।

- Advertisement -
Ad image

नेपाली टोलीले आजको खेलमा वेस्ट इन्डिजलाई पराजित गरे तीन खेलको सिरिज एक खेलअगावै आफ्नो पक्षमा पार्नेछ। नेपाली क्रिकेट इतिहासमा राष्ट्रिय टोलीले पहिलो पटक पूर्ण टेस्ट मान्यता प्राप्त टोलीसँग प्रतिस्पर्धा गरेको हो।

उता पहिलो खेलमा नेपालसँग पराजित वेस्ट इन्डिज जित निकाल्दै तीन खेलको सिरिजमा १–१ को बराबरी गर्न चाहन्छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्