ऐतिहासिक टी-२० सिरिजको पहिलो खेलमा आज वेस्ट इन्डिज र नेपालको भिडन्त: कसले मार्ला बाजी ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ। यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८:१५ बजे सुरु हुनेछ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै दुवै टिमले सिरिज जित्ने दाबी गरेका छन्। रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन्। सिरिज जित्ने नेपालको लक्ष्य रहेको कप्तान पौडेलको भनाइ छ। ‘यो सिरिज जित्न हामी यूएई आएका हौँ’, कप्तान पौडेलले भनेका छन्। नेपाल र वेस्ट इन्डिजको सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन्।

- Advertisement -
Ad image

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्