महाबीर पुन र जगदीश खरेल सहित पाँच मन्त्री सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०८२, आईतवार
1 Min Read
Aa

काठमाडाैं – प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि गृहकार्य थालेकी छिन्। प्रधानमन्त्री कार्कीले कार्कीले थप ५ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।

जस अनुसार प्रधानमन्त्री कार्कीले सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन्। उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन्। पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए।

- Advertisement -
Ad imageAd image

यसैगरी प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्री सिफारिस गरेकी छिन्। उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।

यसैगरी अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन्। स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन्।

महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्