ओली, प्रचण्ड, नेपाल शिवपुरीमा: राष्ट्रपति जंगी अड्डामा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०८२, बिहीबार
2 Min Read
Aa

काठमाडाैं – नेपाली सेनाले सुरक्षाकाे व्यवस्था दिदै राजनीतिक दलहरूलाइ शिवपुरीमा रहेकाे सेनाकाे ब्यारेकमा राखिएकाे छ । सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पाैडेल भने सैनिक हेडक्वाटर भद्रकाली राखिएकाे सैनिक उच्च स्राेतले जानकारी दिएकाे छ ।

पाैडेललाइ सुरूमा उनकाे निवास शीतल निवास अगाडीनै रहेकाे भैरवनाथ गणमा राखिएकाे र पछि सैन्य हेडक्वाटर सारिएकाे थियाे । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित मन्त्रीहरूलाई उनीहरूको सुरक्षार्थ शिवपुरीस्थित सैनिक तालिम केन्द्रमा राखिएको छ।

- Advertisement -
Ad image

निवर्तमान प्रधानमन्त्री ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, विपक्षी दलका नेता प्रचण्ड, नेपाल लगायत सबै मन्त्रीहरूलाई शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राखिएको सेनाको उच्च स्रोतले जानकारी दियो।

यसबारे ओलीले पनि जेनजीका नाममा बुधबार राति एक पत्र जारी गर्दै पुष्टि गरेका छन्। उक्त सन्देशमा उनले आफू शिवपुरीको एकान्त सुरक्षा घेराभित्र रहेको बताएका छन्। स्रोतका अनुसार मन्त्रीहरूलाई मन्त्री क्वार्टर भैंसेपाटीबाट र प्रचण्ड र नेपाललाई भने सिंहदरबारबाट हेलिकप्टरमा शिवपुरी लगिएको हो।

मंगलबार दिउँसो सिंहदरबारमा प्रचण्डले विपक्षी दलको बैठक डाकेका थिए। बैठकमा माधव नेपाल पनि सहभागी थिए। सोही समयमा आन्दोलनकारीहरूले प्रचण्डको घरमा आगजनी गरेको खबर आएपछि उनीहरू दुवै जनालाई सेनाले शिवपुरी लगेको हो। ओलीका तर्फबाट सार्वजनिक वक्तव्य निवर्तमान प्रधानमन्त्री ओलीका तर्फबाट जारी भएको भन्दै प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले सामाजिक सञ्जालमा राखेका हुन्।

‘प्रिय जेनजी बाबुनानीहरू’ भन्दै पत्र लेखेका ओलीले आफू शिवपुरीमा रहेको खुलाएका छन्। केपी ओलीले मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै नेपाली सेनाले उनलाई हेलिकोप्टरमार्फत् बालुवाटारबाटै शिवपुरी लगेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्