रास्वपाले आज रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (आइतबार) रुपन्देही-३ मा हुने उपनिर्वाचनको आफ्नो उम्मेदवार घोषणा गर्ने भएको छ।

पार्टीका प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार त्यसअघि आज दिउँसो १:३० बजे सचिवालय बैठक बस्नेछ। पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा आज पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने र त्यसपछि उम्मेदवार घोषणा गरिने प्रवक्ता झाले बताएका छन्।

- Advertisement -
Ad imageAd image

उनका अनुसार आजको सचिवालय बैठकमा रुपन्देही-३ उम्मेदवार छनोटका साथै प्रवास विशेष अभियान सञ्चालन र विविध विषयमा छलफल हुनेछ।

बैठकपछि रुपन्देही-३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणाका साथै पार्टी प्रवेशको कार्यक्रम पनि रहेको प्रवक्ता झाले जानकारी दिएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्