आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाका अनुसार शुक्रबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ ।

- Advertisement -
Ad image

साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ भने कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ । शुक्रबार राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने छ। राति कोशी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्