आजको मौसम: बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ। वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

- Advertisement -
Ad imageAd image

त्यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ। देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्