टिकापुरमा राष्ट्रिय एकता अभियानको नगर कमिटी गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०८२, आईतवार
1 Min Read
Aa

कैलाली – राष्ट्रिय एकता अभियान कैलालीले टिकापुर नगरपालिकामा आयोजना गरेको भेला सम्पन्न भएको छ। भव्य उपस्थितिसहित सम्पन्न उक्त भेलाका प्रमुख अतिथि अभियानका केन्द्रीय संगठन महामन्त्री हर्क स्वार रहेका थिए।

भेलाले दिर्घ बहादुर तिरुवाको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ। नवगठित नगर समितिमा उपाध्यक्ष पूर्ण बहादुर बोहरा , सचिव रमेश बि.क., कोषाध्यक्ष हिकमत रावल, सह–सचिव सिद्धराज ठकुला रहेका छन् भने सदस्यहरूमा करण ओड, रमेश तीखातरी, प्रहलाद रावल रहेका छन्।

- Advertisement -
Ad imageAd image

यसैगरी, बैठकले नगर स्तरका अनुभवी व्यक्तित्वलाई अभियानको मार्गदर्शन तथा सुझावका लागि नगर सल्लाहकार समिति पनि गठन गरेको छ। सो सल्लाहकार समितिमा भीम बहादुर घर्ति, प्रितिपाल जनाला, सुनीता देवी वावली र भरत ब. बूढालाई जिम्मेवारी प्रदान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्वारले राष्ट्रिय एकता अभियानले गाउँ–नगरदेखि केन्द्रसम्म संगठन विस्तारलाई तीव्रता दिएको र जनतामाझ अभियानका मूल धारणा पुर्याउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने भन्दै हिन्दू संस्कृति, राष्ट्रिय एकता र सामाजिक समरसता अभियानका प्रमुख एजेन्डा भएको पुनः स्मरण गराएका थिए।

नवगठित नगर समितिका अध्यक्ष दिर्घ बहादुर निरुवाले आफूलाई दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै टिकापुरलाई अभियानको बलियो केन्द्र बनाउने प्रतिज्ञा गरेका थिए। भेलामा स्थानीय अगुवाहरू, युवाहरू र महिला प्रतिनिधिहरुको सक्रिय सहभागिता सहित सम्पन्न भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्