आजको मौसम: केही प्रदेशमा भारी वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

- Advertisement -
Ad imageAd image

बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागमा हुरीबतासको पनि सम्भावना छ।

त्यसैगरी, आज राति मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका केही स्थान र बाँकी तराई भू(भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्