राष्ट्रिय एकता अभियानद्वारा महामंडलेश्वर सरिता गिरीको उदबोधन कार्यक्रम सम्पन्न

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय एकता अभियानद्वारा आयोजित विशेष कार्यक्रम अन्तर्गत श्री श्री १००८ महामंडलेश्वर श्री सरिता गिरीज्यूको उदबोधन कार्यक्रम सम्पन्न भएको छ। सनातन संस्कृति संरक्षण र हिन्दुत्व जागरणका उद्देश्यका साथ भ्रमणमा रहनु भएकी महामंडलेश्वर गिरीले कार्यक्रममा राष्ट्रिय एकता अभियानको संरक्षकको जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

- Advertisement -
Ad imageAd image

कार्यक्रम अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अभियानका उपाध्यक्ष माननीय भूपेन्द्र चौधरी, पूर्व मन्त्री ब्रज किशोर सिंह, नेता सत्यनारायण मण्डल, शंकराचार्य पीठ परिषद्का अध्यक्ष दयाराम पाण्डेसहित विभिन्न अतिथिहरुले आफ्नो मन्तव्य राख्दै महामंडलेश्वर गिरीलाई स्वागत गरेका थिए।

उक्त कार्यक्रमलाई उपस्थित वक्ताहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र हिन्दुत्व जागरणका लागि महत्त्वपूर्ण कदमको रुपमा व्याख्या गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्