आजको मौसम: कमजोर भयो मनसुनी प्रणाली, केही स्थानमा मात्रै मध्यम वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

- Advertisement -
Ad imageAd image

विभागले राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली हरनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहँदा नेपालमा मनसुन केही कमजोर हुने विभागले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्