आज साउनको अन्तिम सोमबार: पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ श्रावण २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गर्ने भक्तजनहरुको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भीड लागेको छ।

साउन महिनालाई शिवको विषेश महिना मानिन्छ। साउनभर ब्रत बस्ने भक्तजनहरुले आज व्रत समापन गर्ने गर्दछन्। साउन महिनाको सोमबार शिवको पूजा आराधना गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।

- Advertisement -
Ad image

शिव पुराण लगायत धार्मिक ग्रन्थहरुमा शिव महिमाको बारेमा उल्लेख गरिएको छ। साउन महिनामा शिवको पूजा आाराधनासहित महिलाहरुले हरियो चुरा र वस्त्र लगाई शिवको पूजा आराधना गर्ने गर्दछन्। यसबाट शिवभक्तिसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्ने धार्मिक मान्यता रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्