रेशम चौधरीका बुवा लालबीर बने नाउपाको नयाँ अध्यक्ष

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी(नाउपा) को असन्तुष्ट पक्षले लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ।

बिहीबार काठमाडौंमा बसेको नाउपा असन्तुष्ट पक्षको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई हटाउँदै चौधरीलाई अध्यक्ष चयन गरेको हो। लालवीर चौधरी नाउपाका संरक्षक रेशम लाल चौधरीका बुबा हुन्।

- Advertisement -
Ad imageAd image

राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेपछि चौधरीले पार्टीलाई विधिविद्यान अनुसार अघि बढाउने बताए। उनले पार्टीभित्र निकास निकाल्नका लागि आफु गम्भीर रहेकाले भन्दै आफ्ना कुराहरु पार्टीमा राख्न रञ्जिता श्रेष्ठलाई सुझाव दिए।

रञ्जिता श्रेष्ठले डेढ वर्षदेखि पार्टीको बैठक समेत नराखेको र त्यसका कारण पार्टीका गतिविधि अवरुद्ध भएकाले राष्ट्रिय भेलामार्फत निकास निकाल्ने प्रयास गरेको चौधरीले बताए। पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा आफू अघि बढ्ने उनले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्