सरकारबाट बाहिरिने नाउपाको निर्णय: राज्यमन्त्री चौधरीले राजीनामा दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ असार २०८२, शनिबार
0 Min Read
Aa

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आज (शनिबार) बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार नाउपाबाट राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले राजीनामा दिने तयारी रहेको छ । आगामी २३ गतेको संसद् बैठकमा आफूहरु प्रतिपक्षमा बस्नेत अध्यक्ष श्रेष्ठले बताईन् । सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीको मन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा बिच्किएको हो ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्