असार १३ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०८२, शुक्रबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ असार १३ गते शुक्रबार ई.सं. २०२५ जुन २७ नेपाल सम्बत ११४५ दिल्लाथ्व दितीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल दितिया, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र, व्याघात योग, कौलव करण । आज बिहान ०५ बजेर १० मिनेटमा झुल्किएको घाम साँझ ०७ बजेर ०३ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । नियमित कार्यको सन्दर्भमा केही कमजोर सावित भइएला, तर वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । परिवार तथा साथीभाइको सहयोग प्राप्त हुनुका साथै आफन्त एवम् परिवारजनमा आत्मीयभाव बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम पुनः अघि बढ्ने देखिन्छ । प्रतिस्पर्धी परास्त हुनेछन् ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आयआर्जनका स्रोत बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रशन्न रहला । अध्ययन तथा अध्यापन कार्यमा प्रगतिको समय रहेको छ । ब्यापारबाट रार्मै धनलाभ हुने देखिन्छ । भौतिक साधनहरू जुट्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । सुख वृद्धि होला । यात्रापरक काम बन्नाले उत्साह वृद्धि होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कुनै लाभदायी काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा होला । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् भने नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको योग छ । काममा स्थानान्तरण हुन पनि सक्छ । यात्राको सम्भावना छ र यात्रा सुखदायी रहला । घर–जग्गासम्बन्धी कार्य गर्दै हुनुहन्छ भने केही समय थाती राख्नु उचित हुनेछ । बन्धुबान्धवसँग असमझदारी बढ्ने सम्भावना छ । आरोग्यबल बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अति आवश्यक अवस्थामा बाहेक आजको दिन आर्थिक कारोवार नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरणको सम्भावना छ । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ । तर, खर्च भने अप्रत्यासित रुपमा वृद्धि हुन सक्छ । रचनात्मकता बढ्नेछ, तर प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथीभाइको सहयोग प्राप्त हुनाले सुख वृद्धि हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुने समय छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । हातमा आएका केही अवसर गुम्न सक्छन् । चोटपटकको योग भएकोले आजको दिन सवारीसाधन वा हातहतियारको उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्ने योग छ । आफ्नै कमजोरीले परिवारजनमा भने असन्तुष्टि बढ्न सक्छ । खर्च केही वृद्धि र नियमित कार्यमा पनि दौडधुप बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आँटेको काममा सफलता मिल्ने दिन छ । तपाईंको प्रतिभाको उच्च मूल्यांकन होला । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । तर, समयमै निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । सेवामूलक कामले भने प्रतिष्ठा दिलाउनेछ । आरोग्यबल बढ्ने एवम् साहसिक कार्यप्रति विशेष लगाव रहला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बाध्यताले अप्ठ्यारोमा पार्न सक्ने समय छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा पनि केही विवाद आउने योग छ । अन्धविश्वासमा परेर काम गर्नाले दुःख पाइनेछ, ध्यान राख्नुहोला । धार्मिक एवम् सामाजिक काममा बाधा सृजना हुन सक्छ । आरोग्यता रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, तर मानसम्मानका साथमा राम्रै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्ने देखिन्छ । राष्ट्रियस्तरकै मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँगको भेटघाट महत्वशाली रहला । मंगलमय काम सम्पादन हुनेछ । प्रेमभाव वृद्धि, मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । खेलकुद एवम् भ्रमणमा आकर्षण बढ्नेछ । व्यावसायिक काममा भने खर्च केही बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । शुभदायी परिणामका लागि व्यस्तता बढ्ने देखिन्छ । नियमकानूनले साथ दिनाले भएको दायित्व पूरा गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । स्थायी सम्पत्ति बढाउन सकिएला । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अध्ययन-अध्यापनमा प्रगति होला । सामथ्र्य वृद्धिले महत्वपूर्ण काममा सफलता मिल्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ने देखिन्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च केही बढ्न सक्छ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउने योग छ, सजग रहनुहोला । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइने सम्भावनाका कारण बोली र व्यवहारमा सतर्कताको दरकार छ । स्वास्थ्य केही कमजोर रहन सक्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्