असार १० गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० असार २०८२, मंगलवार
6 Min Read
Aa

आज मिति वि.सं. २०८२ असार १० गते मंगलबार ई.सं. २०२५ जुन २४ नेपाल सम्बत ११४५ बछलागा चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार कृष्ण चतुर्दशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शुल योग, विष्टिरभाद्र करण । आज बिहान ०५ बजेर ०९ मिनेटमा झुल्किएको घाम साँझ ०७ बजेर ०३ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना रहेकोले विवेक र धैर्यले काम लिने समय छ । हातमा आएको प्रतिफल गुम्नसक्ने सम्भावना छ, ध्यान राख्नुहोला । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् भने अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । सामान्य आम्दानी भइरहनेछ भने खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा फाइदै हुनेछ तर यात्राको क्रममा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । प्रगतिको दर बढ्नाले आनन्द वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मिश्रित फलदायी दिन छ । धर्मकर्ममा आकर्षण बढ्नेछ भतर छरछिमेकमा केही असमझदारी बढ्ने योग रहेकोले विशेष सजगता अपनाउनुहोला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्ने योग छ, बोली र व्यवहारमा संयमता अपनाउनुहोला । व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिन सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइएला, ध्यान राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने दिन छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । गरी आएका काम र व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । शोख पूरा गर्नमा केही खर्च बढ्न सक्छ । आरोग्यबल बढ्नेछ । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिने समय छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने योग छ । मुद्दा–मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आफन्तको साथले कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । प्रतिष्ठित काम सम्पादन गर्ने र प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । आरोग्यबलका साथै प्रेमभाव बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । गोपनियतामा विशेष ध्यान दिनु हितकर होला । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । चुनौतीका बाबजुद पराक्रम बढ्नेछ । आरोग्यबल बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आश मारेको काम बन्नाले उत्साह जागृत होला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुने देखिन्छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्न सहज होल । मिठो भोजन प्राप्त हुनेछ । सुख बढ्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने देखिन्छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने योग छ । परक्रम वृद्धिका साथै नयाँ जिम्मेवारी पाइएला । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने सामथ्र्य बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पढाइलेखाइमा प्रगतिका साथै प्रतिभाको कदर हुने समय छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । तथापि, चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने अवस्था पनि आउनसक्छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): श्रमको उचित मूल्यांकन हुने समय छ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ तर चुनौती चिर्दै लामो समयदेखि रोकिएको काम बन्ने देखिन्छ । आम्दानीको स्रोत वृद्धि होला । पारिवारिक आवश्यकता पूर्ति हुनेछ । आफन्तको साथले सुख आनन्द बढ्ला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्