असार ०८ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०८२, आईतवार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ असार ०८ गते आईतबार ई.सं. २०२५ जुन २२ नेपाल सम्बत ११४५ बछलागा द्रदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार कृष्ण द्रदशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, सुकर्मा योग, कौलव करण । आज नेपालमा बिहान ०५ बजेर ०९ मिनेटमा झुल्किएको घाम साँझ ०७ बजेर ०२ मिनेटमा हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बोलीको भरमा काम सम्पादन हुने र व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । विशेष योजना कार्यान्वयनमा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ नै मिल्नेछ । मान-सम्मान बढ्ने र स्वास्थ्य सबल रहनेछ । आयस्रोत बढ्नेछ । यात्रागत कार्यमा सफल रहला । मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता वृद्धि भइ रोकिएको काम अघि बढ्ने देखिन्छ । आमोदप्रमोदमा दिन बित्ला ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी समय छ । आम्दानी बढ्नेछ, उठ्नुपर्ने रकम पनि हातलागी हुने देखिन्छ । तथापि, भएको आम्दानी सञ्चय गर्न नसकिएला । धेरै श्रमपछि कममात्र प्रतिफल पाइने योग छ । ठगी, चोरमिा पर्ने सम्भावना रहेकोले विशेष सजग रहनु हितकर हुनेछ । बोली र व्यवहारले धेरैलाई आकर्षण गर्न सकिनेछ । सहयोगीहरूबाट आवश्यक काम निकाल्न सफल भइएला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन कामको दायित्व बढ्नेछ । आफ्नो वर्चश्वका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । विरोधि पक्षको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । परिवारजनमा खर्च बढ्ने देखिन्छ । नियमित कार्यमा खासै जाँगर चल्ने देखिन्न । अरूको विश्वास जिते पनि आफन्तजन असन्तुष्ट बन्न सक्छन् । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका काम सम्पादन हुने र नयाँ जिम्मेवारी हात पार्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता वृद्धि होला । व्यवसायमा राम्रै प्रगति हुनेछ । आध्यात्मिक क्रियाकलापमा आकर्षण बढ्नेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला । जोखिम केही बढेपनि व्यापार तथा उद्योगतर्फ विशेष फाइदा हुने देखिन्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विगतको श्रमबाट राम्रै लाभ प्राप्त हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने प्रशंसकहरू बढ्नेछन् । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइने योग छ । व्यावसायिक काममा राम्रै फाइदा हुने देखिन्छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । रसरागका क्रियाकलापमा सरिक भइएला । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन उत्साहपूर्ण रहने देखिन्छ । सुखद समाचार सुन्न पाइनेछ । काममा सबै पक्षबाट सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका जुर्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा आर्जनको योग रहेकोले उत्साह र आत्मविश्वास उच्च रहला । पढाइलेखाइमा प्रगति हुने तथा बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृद्धि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । निरर्थक भ्रमणमा समय बित्नसक्ने योग रहेकोले सोचविचार गरेर अघि बढ्नु उचित हुनेछ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, ध्यान राख्नुहोला । पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । विशेष योजनामा हात हाल्दैहुनुहुन्छ भने नियमकानूनले साथ दिनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर विद्यामा कमजोरी र लेनदेनमा विवाद पर्नसक्ने समय छ । इष्टदेवको पूजा-उपासना गर्नाले राहत मिल्नेछ । केही विवादमा समेत परिने सम्भावना रहेकोले सचेत रहनु हितकर होला । दाम्पत्यजीवन सुखद रहने देखिन्छ । सवारी साधनको प्रयोगमा भने आजको दिन विशेष सावधानी अपनाउनु उचित हुनेछ । रोकिएको काम अतिरिक्त मिहेनतले बन्नेछ । आरोग्यता रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम सम्पादन हुने समय छ । पठनपाठनसम्बन्धी कार्यमा प्रगति हुनेछ भने विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला । आर्थिक अभावले भने केही सताउने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट पनि लाभ मिल्नेछ । नयाँ काममा हात हाल्न सकिनेछ । स्थायी सम्पत्ति जोड्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पराक्रम र उत्साह बढ्ने अनि आर्थिक उपार्जनमा सुधार आउने समय छ । केही परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । भाग्योन्नतिको योग रहेकोले सहयोगीहरूले साथ दिनेछन् र सोचेअनुसार सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुर्ला । आरोग्यबल बढ्नेछ । धनआर्जन गर्ने मौका जुर्ला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइ सहयोगी बनेर देखापर्नेछन् । आफन्तको साथ प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): अलिक बाध्यताका काममा जुट्नुपरे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ भने राम्रै आम्दानी हुने देखिन्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रतिस्पर्धी परास्त हुनेछन् भने सानो प्रयत्नले पनि राम्रै फाइदा उठाउन सकिने योग छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढेपनि दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । व्यक्तिगत खर्च बढ्न सक्छ । भूमि तथा मातृधनबाट भने लाभ लिन सकिनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न अवसर जुर्ला । मनोरञ्जनयुक्त यात्राको योग छ । सुखविलास बढ्ने देखिन्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्