प्रतिनिधि सभा बैठक आज पनि बस्दै: बजेटमाथिको छलफल निरन्तर अगाडी बढ्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०८२, सोमबार
1 Min Read
Aa
प्रतिनिधिसभा बैठक काठमाडौँ, २९ माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं – संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिनेछन् ।

- Advertisement -
Ad imageAd image

यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।

भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि लामो समयदेखि प्रतिनिधि सभा प्रभावित हुँदै आएको थियो । जसले गर्दा १५ जेठमा प्रस्तुत भएको बजेटको छलफल अघि बढ्न सकेको थिएन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्