आज मिति वि. सं. २०८२ जेष्ठ २६ गते सोमवार ईसं २०२५ जुन ०९ नेपाल सम्बत ११४५ तछलाथ्व त्रयोदशी सिदार्थी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल त्रयोदशी , चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शिव योग, तैतल करण । आज बिहान ०५ बजेर ०७ मिनेटमा झुल्किएको घाम भरे साँझ ०६ बजेर ५८ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रतिकुल प्रभाव देखिनसक्ने समय भएकोले आजको दिन अनावश्यक रुपमा कसैसँग विवाद वा झैझगडा हुन सक्छ, सावधान रही ब्यवहार गर्नुहोला । यात्रामा पनि विशेष सजगता अपनाउनु हितकर हुनेछ । लेनदेनको समस्याले सताउन सक्छ । शत्रुपक्ष हाबी हुनसक्ने देखिन्छ । ब्यापार–व्यवसायमा पनि घाटा बेहोर्नु पर्ला । सानातिना घरायसी काममा समय खर्च हुने योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने दिन छ । मित्रजनले प्रशंसा गर्नेछन् । पछिल्तिर कुरा काट्नेहरूले पनि प्रशंसा गर्न बाध्य हुनुपर्ने समय छ । पढाइलेखाइमा सुधार आउला । तथापि, लेनदेन तथा आर्थिक क्रियाकलापमा भने समस्या देखिन सक्छ । गलत लेनदेन कार्यमा संलग्न नहुनु उचित रहनेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । सबल स्वास्थ्यका लागि सावधानी अपनाउनुहोला । परिवारिक सुखले उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): लामो समयदेखि रोकिएका कामहरू बन्नसक्ने दिन छ । धन आर्जनको अवसर जुर्ला । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । त्यसै त्यसै मन हर्षित भएर आउने देखिन्छ । सकारात्मक परिणामका लागि ब्यस्तता वृद्धि हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । पराक्रम बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउला । आयआर्जनको स्रोत फेला पर्ला । कर्मबल वृद्धि भइ रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय खासै खराब नभएपनि आज शत्रुपक्षले सताउने प्रयास गर्लान्, सजगता अपनाउनु उचित हुनेछ । सवारी साधनको उपयोग तथा हातहतियारको प्रयोग गर्दा आजको दिन विशेष सचेत रहनुहोला । मौसमी स्वास्थ्य समस्या देखिन सक्छ, सावधानीको दरकार छ । अनावश्यक खर्च कटौतीको प्रयास गर्नुपर्नेछ । रसरागका कार्यक्रममा आकर्षण बढ्नेछ । यात्रागत कार्य सार्थक रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने वित्तादी लाभ हुने देखिन्छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस होला । दाम्पत्य एवम् प्रेमसम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्ने र मित्रजनको विश्वास जित्न सकिने देखिन्छ । आफन्तजन पनि सहयोगी बनेर देखापर्लान् । आरोग्यबल बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक प्रतिष्ठा बढ्ने र अरुको विश्वास सहजै जित्न सकिने समय छ । धन–मान वृद्धि होला । व्यापारबाट राम्रो आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो तथा सुखद समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् भने तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, जसले मनमा शान्ति दिलाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । नोकरीमा उन्नति पदोन्नति होला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभता बढेर रोकिएको काम बन्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय, सुखद र अनुकूल यात्राको सम्भावना छ । यात्रामा विशेष लाभ हुने देखिन्छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । आय वृद्धि होला । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । ऋण, रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन केही चुनौतीयुक्त रहला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नसक्छ । आज आर्थिक संकट पनि आइपर्ने सम्भावना छ । लेनदेनमा पनि विवाद होला, सजग रहनुहोला । पढाइलेखाइमा ध्यान नगएपनि खेलकुद र यात्रामा मन आकर्षित रहने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अरुको काममा ज्यादा समय र श्रम लगाउनुपर्ने दिन छ । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने देखिन्छ । नोकरी र राजनीतिक क्षेत्रमा भने बर्चश्व बढ्ने योग छ । शत्रुपक्ष परास्त हुनेछ । दायित्व निर्वाहमा नियमकानूनले साथ दिनेछ । रसरागको भाव जागृत होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । सोच्ने शक्ति बढ्नेछ भने कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । प्रेमको बन्धनमा बाँधिने दिन छ, दाम्पत्य सम्बन्ध सुखद रहनेछ । लेनदेनका काम पनि होला । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): भाग्य प्रवल रहने समय छ । परिश्रमले धेरै काम बन्नुका साथै ब्यापारमा विशेष लाभ मिल्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । साझेदारीको काम बन्नेछ । मनोरञ्जनमा भुलिएला । साथीभाइले पनि राम्रै सहयोग गर्लान् तर आफन्तको सहयोग भने कमै मिल्नेछ । दाम्पत्यसुख बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्