संघीय संसदका दुवै सदन बस्दैः प्रतिनिधि सभा चल्न नदिने विपक्षीको अडान कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ जेष्ठ २०८२, शुक्रबार
1 Min Read
Aa
प्रतिनिधिसभा बैठक काठमाडौँ, २९ माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं – संघीय संसद्को दुवै सदनको बैठक शुक्रबार बस्दैछ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ।

शुक्रबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२,८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

- Advertisement -
Ad image

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन्।

यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबार दिउँसो १ः१५ बजे बस्ने छ। सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ।

प्रतिनिधि सभा भने निरन्तर अवरूद्द हुँने गरेकाे छ । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जाेडिएकाे भन्दै विपक्षी दलहरूले लेखककाे राजीनामा वा गणतन्त्र पछिका सबै गृहमन्त्रीहरूकाे छानविनकाे माग गरिरहेका छन् । तर सत्ता पक्षले दुवै प्रस्ताव अस्विकार गरिरहेकाे छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्