जेठ २२ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ जेष्ठ २०८२, बिहीबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ जेष्ठ २२ गते बिहीबार ईसं २०२५ जुन ०५ नेपाल सम्बत ११४५ तछलाथ्व दशमी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सिद्घि योग, तैतल करण । आज बिहान ०५ बजेर ०७ मिनेटमा झुल्किएको घाम भरे साँझ ०६ बजेर ५६ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकूलता वृद्धि हुनेछ । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । आम्दानी बढ्नेछ भने विभिन्न भौतिक साधन जुट्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ । यात्रागत कार्य सार्थक रहनेछ । दाम्पत्यजीवन रमाइलो रहला । समग्रमा दिन रमाइलो नै छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):  समय शुभदायी छ । आजको काममा केही खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । पारिवारिक समस्याको समाधान मिल्नेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । तथापि, पुरानो गतिले पनि काम बिग्रनसक्ने र बेसुरमा काम गर्ने बानीले मेहनत खेर जाने सम्भावना छ, ध्यान राख्नुहोला । रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मिश्रित फलदायी दिन छ । टाढाको यात्राका लागि गरिने प्रयास फलदायी रहने देखिन्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । नियमित कार्यमा खासै जाँगर लाग्नेछैन । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । विगतका समस्या दोहोरिन सक्छन् । प्रतिष्पर्धीहरू हाबी हुनसक्ने योग छ । मुख्य काममा बाधा हुँदा मन खिन्न रहला । समस्याको समाधानका लागि कठिन प्रयत्न गर्नुपर्ला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विगतको सफलताले थप काम गर्न हौसला मिल्ने र नयाँ कामको प्रस्ताव आउने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ भने तपाईंको तौरतरिकाको धेरैले तारिफ गर्नेछन् । विभिन्न सहयोग र उपहार पाइने योग छ । आरोग्यता रहनेछ । मनोकूलता बढ्नेछ । रसरागमा मन आकृष्ट हुनेछ । विपरीतलिंगीको सहयोग रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सद्विचारले धेरैलाई आकर्षण गर्ने समय छ । मान-सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने देखिन्छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । भाग्यले नचिताएको फाइदा दिलाउन सक्ने योग छ । चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सरिक होइएला । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशान्ति मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन महत्वपूर्ण काममा आफन्तको साथ प्राप्त हुनेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । विशेष योजना सिद्धिका लागि सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइएला । लामो यात्राको प्रक्रिया अघि बढ्नसक्ने देखिन्छ । पढाइलेखाइमा भने खासै समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्ने योग भएकोले सचेत रहनु हितकर होला । मित्रमिलनले उत्साह जागृत गराउला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विगतका कमीकमजोरीलाई सुधार गर्दै धनार्जनको अवसर प्राप्त हुने देखिन्छ । आज गरिएका कामले दीगो लाभ दिनसक्छ । विछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिने समय छ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने दुःख पाइने सम्भावना छ । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । तथापि, साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिने दिन छ । तर, सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, व्यवहारमा लचकता अपनाउनुहोला । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): प्रभावकारी कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता हुने योग छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा राम्रो साथ दिनेछन् । विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रियजनसँगको भेटघाटले दिन रमाइलो बन्ने देखिन्छ । व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ भने बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने तथा गरेका कामबाट राम्रै लाभ हुने योग छ । श्रमको उचित मूल्यांकन होला । साहस र सुख वृद्धि हुनेछ । यात्रापरक काम बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा होला । अवसरवादीहरूले फसाउने चेष्टा गर्न सक्छन्, विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा आकर्षण रहला । बोलीको प्रभाव बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । पठन-पाठनमा प्रगति होला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु उचित हुनेछ । आरोग्यता रहनेछ भने प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । आफन्तको साथ मिल्नेछ । तथापि, आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्