जेठ १८ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ जेष्ठ २०८२, आईतवार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ जेष्ठ १८ गते आईतबार ईसं २०२५ मे जुन नेपाल सम्बत ११४५ तछलाथ्व षष्ठी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल षष्ठी , चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, ध्रुव योग, कौलव करण । आज नेपालमा बिहान ०५ बजेर ०८ मिनेटमा भएको सूर्योदय साँझ ०६ बजेर ५५ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही प्रतिकुल रहने देखिन्छ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । अभिभावकजनको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने योग छ, सजग रहनुहोला । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । यात्रागत कार्यमा भने सफलता मिल्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । तथापि, ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त हुने योग छ । शुभ समाचार प्राप्त हुनाले आनन्द वृद्धि हुने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथले उत्साह बढाउला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर आर्थिक गतिविधि बढ्ने र ब्यापारबाट लाभ नै प्राप्त हुने दिन रहेको छ । आर्थिक समस्या समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । विगतका कमजोरी सच्याउने मौका मिल्ने देखिन्छ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर हातपर्ला । पराक्रमका साथै बौद्धिकता तथा रचनात्मकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विभिन्न अवसरले पछ्याउने र कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्ने समय छ । आजको दिन यात्रागत कार्यमा अग्रसर हुँदा र सवारीसाधनको उपयोग गर्दा चाहिँ विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । आर्थिक अभावले सताउनसक्ने योग छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । तथापि, साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कर्मबल बढ्नेछ । प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने समय छ । स्वास्थ्यमा भने केही कमजोरी देखापर्नसक्छ, सजगता अपनाउनु हितकर होला । जिम्मेवारीका कार्य समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले मन दुःखित रहन सक्छ । रसरागको भाव वृद्धि हुनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्ने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लामो समयदेखि रोकिएका कामसम्पादन गर्न सकिने समय छ । तर, नियमित खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ । तपाईंका कमी-कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । आफ्नै कमजोरीले महत्वपूर्ण अवसर गुम्न सक्छ, सावधान रहनुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तजन सहयोगी रहनेछन् । प्रतिकुलताका बाबजुद रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ काममा हात हाल्ने समय आएको छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने धनलाभको योग छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । सुख सुविधाको वस्तुमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु उचित होला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामाजिक प्रतिष्ठा बढ्ने, शत्रु परास्त हुने एवम् प्रेम र मित्रताको बन्धन कसिने समय छ । साथीभाइहरुबाट विशेष फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । खर्च लागे पनि चिताएको काम बन्ने योग छ । दामपत्यसुख बढ्नेछ भने रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि होला । आरोग्यबल बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता तथा दौडधुप वृद्धि हुने र भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्ने समय छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तथापि, विपरीतलिंगी एवम् हितैषी मित्रहरूले साथ दिनेछन् । राजनीतिक पहुँचले सामर्थ्य वृद्धि गराउला । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुनसक्ने समय छ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तिको संगतले मान-सम्मानमा चोट पुग्ने योग रहेकोले सतर्कता अपनाइ व्यवहार गर्नुहोला । आज विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा सजक रहनुहोला । समस्यामा आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिने समय छ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्ला । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । विशेष उपहार हातलागी हुने योग छ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा होला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनेछ र भएको दायित्व पूरा गर्नुहुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम वृद्धि हुने समय छ । मित्रजन र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । खासगरी भूमिबाट प्रशस्त फाइदा मिल्ने योग छ । प्रेम र मित्रताको बन्धन कसिने तथा दाम्पत्य सम्बन्ध सुमधुर बन्ने देखिन्छ । रोकिएका काममा फेरि प्रयत्न गर्दा सफलता मिल्नेछ । आरोग्यबल बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्