आज मिति वि.सं. २०८२ जेष्ठ १६ गते शुक्रबार ई.सं. २०२५ मे ३० नेपाल सम्बत ११४५ तछलाथ्व तृतिया नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल चतुर्थी , चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, गण्ड योग, वणिज करण । आज बिहान ०५ बजेर ०८ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५४ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अनावश्यक ठाउमा पैसा खर्च हुने देखिन्छ, सोचविचार गरेरमात्र कारोबार गर्नु उचित होला । बन्दव्यापारमा पनि घाटा हुने देखिन्छ । स्वास्थ्य केही कमजोर रहला, खानपानमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): टाढिएका सहयोगीहरूको पनि साथ मिल्ने समय छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् भने धनजनमा वृद्धि हुनेछ । मित्रजनको समर्थन पाइएला । तथापि, आज पढाइलेखाइमा भने खासै मन नजाने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्ने योग छ । यात्रापरक काम बन्नाले उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाउँबाट धनार्जन होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । भएको ब्यापार-व्यवसायमा उन्नतिका साथै नयाँ व्यवसाय पनि शुरु गर्न सकिएला । अचानक उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा ज्यादा फाइदा हुनेछ । मान-पुरस्कार प्राप्त हुने देखिन्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय शुभदायी छ । रमाइलो यात्रा हुने र यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्ने अवसर मिल्ला । कमाइधमाइमा बढोत्तरी होला । पढाइलेखाइमा सफलता यथावत रहनेछ भने विशिष्टजनबाट बुद्धिको तारिफ हुनेछ । मित्रजन सहयोगी रहलान् । मनोकूलता बढेर रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । खर्च वृद्धिका साथै विवाद बढ्ने, काममा अवरोध आउने र मनमा चिन्ता जागृत हुने सम्भावना छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, रुपैयाँपैसाको लेनदेनले हानी निम्त्याउला । स्वास्थ्यगत समस्याले केही दुःख दिन सक्छ । प्रतिकुलताका बाबजुद बौद्धिक कार्यबाट धनलाभ हुने योग छ । रसरागको कार्यक्रममा आकर्षण बढ्ला । ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): ब्यस्तता बढेपनि आजको दिन हौसला वृद्धिका साथै पराक्रमी कर्ममा मन जाने देखिन्छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आमाको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । आजको दिन खर्च भने केही बढ्न सक्छ, योना र बजेट बनाइ व्यवहार गर्नु हितकर होला । आफन्तको साथले कार्य–व्यवहार सुल्झनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने समय छ । तपाईंको विशेष प्रयत्नले धन–मान कमाउने अवसर मिल्ला । व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ भने रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्न सकिने छ । शुभदायी कुराको सङ्केत प्राप्त होला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रमाइलो तरिकाले कामहरू गर्न पाइने दिन छ । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनुका साथै साहस बढ्नेछ । आजको श्रमले पछि फल राम्रो मिल्नेछ । रोकिएका काम मिहिनेतले बन्नेछ । मिठो भोजन प्राप्त होला । सुख वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नसोचेको ठाउँमा धनको नाश हुनसक्ने समय छ, होसियारी अपनाउनुहोला । वादविवाद, झैझगडाबाट बच्न विशेष सजगता अपनाउनुहोला । कामको बोझले थाकेको महसुस हुनसक्छ । घर–गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झैझगडा हुनसक्ने योग छ । संयमतालाई शक्ति तुल्याउन सकिनेछ, ध्यान राख्नुहोला । साथीभाइ एवम् कुटुम्ब–नातेदारको सल्लाह–सहयोगको खाँचो महसूस होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मनमा दुविधा रहनसक्ने समय भएपनि मानप्रतिष्ठा अभिवृद्धि हुने देखिन्छ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् भने सामाजिक काममा नाम रहने योग छ । आजको दिन जागिरमा भने विशेष होसियारी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यका दृष्टिकोणल राम्रो समय छ । आर्थिक लाभ हुने तर आर्थिक व्यवहारमा कसैसंग सानोतिनो मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । । काममा नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइ–बहिनीका तर्फबाट खुसीको खबर प्राप्त होला । सन्तान पक्षबाट सुखप्राप्तिको योग छ । काम बन्नाले मन रमाउला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ, कृषिको कामबाट पनि फाइदै होला । पराक्रम वृद्धि हुनेछ, आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने समय छ । सोच्दैनसोचेको स्थानबाट लाभ हुने देखिन्छ । उद्योग र व्यापारबाट विशेष फाइदा प्राप्त होला । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । सुख-सुविधाको वस्तु बढ्नेछन् ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्