काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। निवर्तमान अध्यक्षसमेत रहेका उनी पुन: युवा संघको अध्यक्षमा निर्वाचित भएका हुन्।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनप्रक्रियामा जान नदिई थेबेलाई अध्यक्ष बनाएका थिए। यसपटक भने उनी निर्वाचन प्रक्रियाबाट निर्वाचित भए।
पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरे। निर्वाचनमा १४०४ मत खसेको थियो। थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । औपचारिक नतिजा घोषणा भने हुन बाँकी छ । थेबेले १८८ मतले सुमन पुरीलाई पछाडि पारे। निर्वाचनमा थेबेको प्यानल नै निर्वाचित भएका छन्। निर्वाचित हुने थेबेलाई एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको साथ थियो भने पुरीलाई महासचिव शंकर पोखरेलको साथ थियो।


प्रतिक्रिया दिनुहोस्