काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। सो बैठक साेमवार बिहान ९ः०० बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ। समसमायिक राजनीतिक बिषय तथा गृहमन्त्री रमेश लेखक भिजिट भिषा प्रकरणमा बिबादमा परे पछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
बैठकमा गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणमा संलग्नता आरोपका विषयमा नेताहरूले कुरा उठाउने र सभापति देउवाले जवाफ दिने कार्यक्रम छ। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो।
पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ।
क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ। खासगरी कांग्रेस अहिले पार्टीका तर्फबाट गृहमन्त्री रहेका लेखकलाई लागेको भिजिट भिसा प्रकरणको आरोपका कारण सकसमा छ।


प्रतिक्रिया दिनुहोस्